एसिया कप क्रिकेटमा श्रीलंकासँग नेपाल ५ विकेटले पराजित
भदौ २०, काठमाडौं – एसिया कप क्रिकेटको पहिलो खेलमा श्रीलंकासँग नेपाल ५ विकेटले पराजित भएको छ । श्रीलंकाको आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल म्याथडको आधारमा पराजित भएको हो ।
वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेट गुमाएको थियो । श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रन बटुले ।
यस्तै अहान विक्रमसिंगेले ३० तथा अभिस्का थारिन्दुले अविजित २५ रन बनाए । बलिङतर्फ नेपालका राशिद खानले २ विकेट लिए भने पवन सरार्फ, कमल सिंह ऐरी र सागर ढकालले एक-एक विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । ब्याटिङतर्फ नेपालका लागि रित गौतमले सर्वाधिक ५४ रन बनाए भने कप्तान रोहित कुमार पौडेलले ४७, राशिद खानले १५ तथा हरि बहादुर चौहानले १२ रन जोडे ।
श्रीलंकाका लागि दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३–३ विकेट लिए । यो जितसँगै समूह बीको श्रीलंकाले २ अंक जोडेको छ ।