जिल्ला लिगमा बिहिबार तीन खेल सकियो

तामसालिङ खबर
२० भाद्र २०७६, शुक्रबार ०८:४१

भदौ २०, हेटौंडा – हेटौडामा भैरहेको दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा बिहिबार तिन खेल सकिएको छ । हुप्राचौरमा विहिबार विहान भएको पहिलो खेलमा भुटनदेवि युथ क्लबले हेटौडा भेट्रान्सलाई २–० ले गोल अन्तरले पराजित गरेको छ । भुटनदेवि युथ क्लबको जितका लागी राजु कार्की र अरुण नेपालीले समान एक एक गोल गरे ।

यस्तै बिहिबार नै भएको दोश्रो खेलमा एफसी मल्टीभिजन क्लब विजयी भएको छ । मल्टीभिजनले बुद्ध युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । मल्टिभिजनका लागी विश्व लामाले २ गोल गरे भने समिराज थापाले एक गोल गरे । यस्त बुद्ध युवा क्लबको तर्फबाट राजन स्याङतानले २ गोल गरे ।

विहिबार भएको अन्तिम खेलमा ७ नम्बर फुटबल क्बल विजयी भएको छ । ७ नम्बर फुटबल क्लबले गोर्खा ब्वाईज क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । ७ नम्बरको जितका लागी सुमन थापाले एक गोल गरे ।

बुधबारदेखि सुरु भएको प्रतियोगिता आगामी असोज ११ गतेसम्म चल्नेछ । लिगको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*