फिफा विश्वकप २०२२ को आधिकारिक लोगो सार्वजनिक

तामसालिङ खबर
१८ भाद्र २०७६, बुधबार १३:४३

भदौ १८, एजेन्सी – कतारमा हुन लागेको फिफा विश्वकप २०२२ को आधिकारिक लोगो सार्वजनिक भएको छ । स्थानीय समय अनुसार मंगलबार राति ८ः२२ मा फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक गरिएको थियो ।

कतारका चर्चित भवनहरु कतार कल्चरल भिलेज एम्पिथिएटर, बुर्ज दोहा, अल जुबराह फोर्ट र सोक बाकिफमा एक्कै पटक लोगोलाई सार्वजक गरिएको थियो ।

घुमाउरो वक्रले मरुभूमिको ‘डुन (बालुवाको ठूल–ठूला थुम्का)’लाई प्रतिविम्बित बनाइएको लोगो भएको स्रोतले जनाएको छ । त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रृति अंग्रेजीको आठ अंकजस्तो र गणितमा असंख्य जनाउने चिन्ह जस्तो पनि देखिन्छ । ती दुवैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन् ।

आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असंख्य आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्न ल्याउनेतर्फ इंगित गर्छ । केही विश्वचर्चित फुटबल खेलाडिले पनि आगामी विश्वकपको उक्त प्रतिक चिन्हलाई आफ्नो समाजिक संजालमा शेयर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*