चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै स्वागतको तयारी

तामसालिङ खबर
१८ भाद्र २०७६, बुधबार ०८:१३

भदौ १८, काठमाडौँ – सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रपति सी जिनपिङ अक्टोबर ११ बाट सुरु पाँच दिने भारत भ्रमणका बेला काठमाडौँ आउने अपेक्षा गरिएको छ ।

चिनीयाँ राष्ट्रपतिको भ्रमण विवरण सार्वजनिक गर्न सम्बन्धित सरकारी अधिकारीहरुले अस्वीकार गरेका छन् । तर उच्च सरकारी श्रोतले भने राष्ट्रपति सिको नेपाल बसाइका लागि आवश्यक तयारी भइरहेको जानाएको छ ।

राष्ट्रपति सी भारत भ्रमण गर्नुपहिले वा भारतबाट फर्कने क्रममा केही समय काठमाडौँ आउन सक्ने अपेक्षा गरिएको छ । उच्च स्रोतका अनुसार नेपाली सुरक्षा निकायले राष्ट्रपति सीको सम्भावित भ्रमणलाई लक्षित गर्दै विशेष सुरक्षा व्यवस्थाको तयारी पनि थालेको छ ।

नेपालको सुरक्षा अवस्थाबारे जानकारी लिन चिनीयाँ सुरक्षा निकायको टोली समेत हालै नेपाल आएर फर्किसकेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*