पत्रकारलाई परीक्षा कति आवश्यक ?

तामसालिङ खबर
१८ भाद्र २०७६, बुधबार ०७:४९

भदौ १८, काठामाण्डौ – मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरुले पत्रकारिता पेशामा प्रवेश गर्न परीक्षा दिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशोधन हालेपछि यसको आवश्यकता र औचित्यसम्बन्धी बहस सुरु भएको छ ।

सरोकारवालाहरुले पत्रकार बन्न परीक्षा आवश्यक हो कि होइन, यसले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार खुम्च्याउँछ कि भन्ने आशंका गरेका छन् ।

राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका सांसदहरुले विधेयकको दफा १५ भन्दा पछि ‘पत्रकारिता व्यवसायी परीक्षा’ भन्ने प्रावधान राखेर त्यससम्बन्धी उपदफा राख्नुपर्ने गरी संशोधन हालेका छन् ।

यस्ता संशोधन हालेपछि पत्रकारिता क्षेत्रका विज्ञ र सरोकारवालाहरुले यो प्रावधानलाई औचित्यहिन भनेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*