जापान जाने कामदारको परीक्षा कात्तिकमा हुने

तामसालिङ खबर
१८ भाद्र २०७६, बुधबार ०७:०२

भदौ १८, काठमाडौं – लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषय अन्ततः टुङ्ग्गोमा पुगेको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो ।

जापानी श्रम मन्त्रालयले जारी गरेको सूचना अनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ । जापान सरकारले नेपाल लगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको हो ।

जापान जाने कामदारसँग निश्चित शुल्क लिन पाइँदैन् । बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुबै देशका सरकारले आफ्ना निकायमार्फत् काम कारबाही अघि बढाउने भएका छन् । परीक्षाका लागि भने प्रवेश शुल्कवापत करिब एक हजार रुपैयाँ लाग्ने छ । नयाँपत्रिका दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*