नेकपा मकवानपुरको स्थानीय तहको कान्छा अध्यक्ष

तामसालिङ खबर
८ भाद्र २०७६, आईतवार १४:०४

भदौ ८, हेटौडा – पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ स्थित साबिक काँकडा गाविस वडा नं २ ठुलोटोड्केमा पिता मान बहादुर मुक्तान र माता बिबिमाया मुक्तानको कोखबाट वि.स. २०४८ असोज १७ गते जन्मिएका हस्त बहादुर मुक्तान हालै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको स्थानीय तहको नेतृत्व चयनको क्रममा राक्सिराङ्ग गाउँपालिकाको अध्यक्षमा चयन भएका छन् ।

बिकट गाउँको साधारण किसानी परिवारमा जन्मिएका मुक्तान विविध संघर्षको बीचबाट शैक्षिक, राजनीतिक, सामाजिक हैसियत उठाएका उनि हालसालै नेकपा मकवानपुरको स्थानिय तहको नेतृत्व चयन गर्ने क्रममा कान्छो उमेरमा नै पार्टी अध्यक्ष हुनेमा परेका छन् ।

दशवर्षे जनयुद्ध माओवादी आन्दोलनबाट कम्युनिष्ट राजनीतमा होमिएमा उनि सानै उमेर देखि कम्युनिष्ट राजनीतिबाट प्रभावित थिए । शिक्षा शास्त्र संकायमा स्नातकोत्तर उतिर्ण गरेका मुक्तान विभिन्न संघसंस्थाको कार्यक्रम मार्फत पनि जनतामाझ लोकप्रिय युवा नेताको रुपमा परिचित छन् ।

उनि तत्कालिन नेकपा माओवादी केन्द्र राक्सिराङ्गको उपाध्यक्ष समेत रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*