एनआरएनएका अध्यक्ष भट्टलाई सिल्क एयरको विमानबाट निकालियो

तामसालिङ खबर
८ भाद्र २०७६, आईतवार ०९:२०

भदौ ८, काठमाण्डौ – मदिराले अनियन्त्रित भएर उडान दलका सदस्यलाई अभद्र व्यवहार गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ ।

उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ ।

उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेका थिए । सेतोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*