तिन सय नर्सलाई प्रदेश ३ को विद्यालयमा रोजगारी

तामसालिङ खबर
७ भाद्र २०७६, शनिबार १२:४५

भदौ ६, हेटौंडा – तिन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत नर्स नियुक्तको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी २१ दिनभित्र योग्यता पुगेका नर्सहरुलाई दरखास्तको लागि आह्वान गरिएको छ ।

यो वर्ष प्रदेशभित्र एक सय एक जना नर्सले विद्यालयमा स्वास्थ्य सम्बन्धी ज्ञान र स्वास्थ्य सेवा दिने गरी रोजगारी पाउनेछन् । गत वर्ष नमूना कार्यक्रम अन्तर्गत २० विद्यालयमा पठाइएको नर्सको करार अवधि एक वर्ष थपिएको छ ।

एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत सिन्धुलीमा ८ जना, रामेछापमा ७ जना, दोलखामा ८ जना, सिन्धुपाल्चोकमा १० जना, काभ्रेपलाञ्चोकमा १२ जना, ललितपुरमा ५ जना, भक्तपुरमा ३ जना, काठमाडौंमा ९ जना, नुवाकोटमा १० जना, रसुवामा ४ जना, धादिङमा ११ जना, मकवानपुरमा ८ जना र चितवनमा ६ जना नर्सको आवेदन मागिएको सामाजिक विकास मनत्रालयकी पब्लिक हेल्थ नर्स मिलन घिमिरेले जानकारी दिइन् ।

मन्त्रालयले चालु आर्थिक वर्षमा प्रत्येक गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका कम्तीमा एक विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन’ गर्ने कार्यक्रम बनाएको छ । ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि ’समेत निर्माण गरी मन्त्रालयले नर्सको दरखास्त खोलेको  हो ।

नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र पास गरेका तथा नर्सिङ काउन्सिलबाट प्रमाणपत्र प्राप्त १८ वर्षदेखि ४५ वर्ष उमेर समूहकाले कुनै एक स्थानीय तहको लागि आवेदन दिन सक्नेछन् । कार्यविधि अनुसार नर्सहरुलाई स्वास्थ्य सेवाको पाँचौं तहको कर्मचारी सरह सेवा सुविधा दिइनेछ । उनीहरुको तलव भने सम्बन्धित स्थानीय तहले खुवाउनेछन् ।

मन्त्रालयले यो वर्षको कार्यक्रमको लागि ६ करोड ६५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*