मकवानपुरमा नापी नभएका जग्गाधनीले अब लालपूर्जा पाइने

तामसालिङ खबर
५ भाद्र २०७६, बिहीबार १०:१२

भदौ ५, हेटौंडा – मकवानपुरमा नापी नभएको जग्गा धनिले अब लालपुर्जा पाउने भएको छ । सुकुम्वासी जस्तै बन्नुपरेका हजारौ परिवारको समस्या समाधान हुने भएको छ ।

मकवानपुरको बकैया, बागमती, मनहरी, राक्सीराङ, कैलाश र मकवानपुर गढी गाउँपालिकामा जग्गा भएर बषौ देखि भोग चलन भएको छ । उनीहरुको नाममा लालपूर्जा नहुँदा समस्या भोग्दै आएका छन् ।

अव अव्यवस्थित बसोवासीहरुको जग्गा नापी गरेर लालपूर्जा दिने तयारीका साथ बिध्येक स्वीकृत भएको छ । भूमिसम्बन्धी आठौँ संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । यो स्वीकृत भएसंगै अव राष्ट्रिय सभाले पनि केही संसोधनका साथ स्वीकृत गरेपछी लालपूर्जा दिने कानूनी बाटो खुल्ने छ ।

भूमिसम्बन्धी आठौं संशोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको ‘भूमिसम्बन्धी आठौं संशोधन विधेयक २०७५’ माथि छलफल गरियोस् भनी संसदमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मकवानपुरका सांसद कृष्ण प्रसाद दाहालले पटक पटक संघिय संसदमा जिल्लाका बषौदेखि आफ्नै जग्गा भएको तर, नापी नभएका परिवारको जग्गा नापी गर्नका लागि कुरा उठाउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*