मनहरीमा क्योकुसिनका २१ जना खेलाडीको बेल्ट अपग्रेड

तामसालिङ खबर
२६ श्रावण २०७६, आईतवार १०:५९

साउन २६, मनहरी – नेपाल क्योकुशिन कराँते डोजो मनहरी शाखाको दोस्रो वार्षिकोत्सबको अवसरमा शनिबार बेल्ट टेष्ट गरिएको छ । एकबर्षअघि सुरु गरिएको कराँते प्रशिक्षण कार्यलाई निरन्तरता दिँदै शाखाले २१ जना खेलाडीको बेल्ट टेस्ट गरी अपग्रेड गरिएको छ ।

४० जना प्रशिक्षार्थीलाई बेल्ट टेष्टमा सहभागी गराइएको छ । बेल्ट टेष्टमा सहभागी मध्ये २१ जना प्रशिक्षार्थीहरु अपग्रेड गरिएको प्रशिक्षक लवाङ दोर्जे लामाले बताए ।

नेपाल क्योकुसिन कराँते संघ केन्द्रीय सचिव रोशन कपालीको प्रमुख उपस्थितिमा मकवानपुर क्योकुसिन कराँते संघका बुद्धिनाथ न्यौपाने, बिष्णु श्रेष्ठ, कुमार राई, लोकेन सिग्देल, नविन सिग्देल लगायत प्रशिक्षकहरुको उपस्थितिमा बेल्ट टेस्ट कार्यक्रम भएको हो ।

बेल्ट टेस्टका क्रममा ग्रीन बेल्टमा ३ जना, ब्लु बेल्टमा ११ जना र ओरेन्ज बेल्टमा ७ गरी २१ जना खेलाडीको बेल्ट अपग्रेड गरिएको थियो । बेल्ट अपग्रेट भएका खेलाडीहरुलाई प्रदेश नम्बर ३ का सांसद ओम बहादुर घलान (प्रदीप) ले प्रमाण पत्र वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*