हेटौँडा उपमहानगरपालिकाले तोक्यो, मासुको बजार मूल्य

तामसालिङ खबर
२६ श्रावण २०७६, आईतवार ०८:०५

साउन २६, हेटौंडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले मासुको मुल्य निर्धारण गरेको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा माछामासु ब्यवसायी संघको प्रतिनिधि सहित बसेको बैठकले मासुको मुल्य निर्धारण गरेको हो ।

शनिबारबाट लागु हुनेगरि निर्धारण गरिएको खसीको बोसो रहित मासुमा प्रतिकेजी ८ सय ८० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । राँगाको मासु ४ सय रुपैयाँ, फलमासु प्रतिकेजी ४ सय ५० रुपैयाँ कायम गरिएको बताइएको छ । भैंसीको मासु ३ सय रुपैयाँ, बाख्रीको ६ सय रुपैयाँ र पाठीको ७ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, ब्रोईलर कुखुराको मासु प्रतिकेजी ३ सय ५० रुपैयाँ तोकिएको व्यवसायीहरुले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*