ग्याँसको मूल्य २५ रुपैयाले घट्दा, डिजेल र पेट्रोलको भने बढ्यो
साउन २२ काठमाडौं – सरकारले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राति देखि लागु हुने गरि ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले घटाएको हो ।
वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो । सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै पेट्रोल तथा डिजेल र मटितेलको मूल्य भने बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगो हुँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ ।