आठ जनाको नागरिकता सरकारद्वारा खारेज

तामसालिङ खबर
२० श्रावण २०७६, सोमबार १०:१४

साउन २०, काठमाण्डौ – सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*