पदमपोखरीको सिग्रेनीमा लखन बाटिका निर्माण हुने
साउन १९, हेटौंडा – हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित पदमपोखरीको सिग्रेनीमा लखन बाटिका निर्माण हुने भएको छ । नेपालको पहिलो सहिद लखन थापामगरको सम्झनामा पार्क सहितको ‘लखन बाटिका’ निर्माण हुने भएको हो ।
नेपाल मगर संघ हेटौंडा उपमहानगरपालिकाको प्रथम बार्षिक साधारणको उदघाटन गर्नु हुदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मगर संघले निर्माण गर्न लागिएको बाटिकामा सहयोग गर्ने बताउनुभएको छ । निर्माणाधिन लखन बाटिकाको डिपिआर निर्माण भईसकेको छ ।
बाटिकालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजानका लागि आफुले सक्दो सहयोग गर्ने मेयर महतले बताउनुभयो । बाटिका निर्माण भएपश्चात आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने लक्ष्यले मगर संघले जनाएको छ ।