छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी
साउन ८, काठमाडौँ – निर्माता छविराज ओझा विरुद्ध उनकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको उजुरी दिएकी थिइन् । हेमाले प्रहरी वृत्त गौशालामा दिएको उजुरीमा छवि र उनकी कान्छी श्रीमती शिल्पालाई विपक्षी बनाइएको छ ।
निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
छवि र उनकी कान्छी श्रीमती शिल्पालाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे ।