‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फूल्यो’ गीत रिलिज भएको २४ घण्टा नबित्दै, युट्युबमा चर्चित

तामसालिङ खबर
७ श्रावण २०७६, मंगलवार ०९:१५

साउन ७, हेटौडा – आउदो भदौ १३ गते देखि नेपालभर रिलिज हुने बहुप्रतिक्षित मल्टिस्टारर चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सोमबार रिलिज भएको छ । गायक हेमन्त राना र रितिका श्रेष्ठको आवाजमा रहेको दुबो फूल्यो बोलको गीत  युट्युबमा दर्शकहरुले निकै मन पराइरहेको छ ।

समाचार तयार पर्दा सम्म रिलिज भएको चौबिस घण्टा नबित्दै युट्युबमा ५ लाख ३४ हजार ४ सय चौहत्तर पटक हेरिएको छ । गीतमा एसडी योगीको संगीत र हर्क साउदको शब्द रहेको छ । सो गीतमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राईलाइ मुख्य रुपमा फिचरिङ गरिएको छ ।

गीतमा विल्शन र उपासनाको टिकाटालो छिन्न लागेको दृश्य पनि समाबेश रहेको छ । अझ दर्शक उत्सुकता बढेको छ । नेपाली सिनेमा क्षेत्रमा सिरिजमा एउटा ब्राण्ड नै बनिसकेको कबड्डीको तेस्रो भागलाई लिएर दर्शकसंगै निर्माण टिम पनि उत्साहित रहेको छ । फिल्ममा बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल लगायत कलाकारहरुको समेत अभियन रहेको छ ।

फिल्ममा अन्तरजातिय प्रेम सम्बन्धभित्रको अन्तरद्वन्द्वको कथामा उठान गरेको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् भने फिल्मको कथा रामबाबु र उपेन्द्र सुब्बाले तयार पारेका छन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा फिल्म निर्माण भएको हो ।

चलचित्र युनिटले रिलिज गरिएको गीतcमाथि कभर डान्स प्रतियोगिता समेत आह्वान गरेको छ । जसमा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार पुरस्कार घोषणा गरिएको छ । फिल्मको केही दिन अघि मात्र टिजर रिलिज गरिएको थियो ।

गीत हेर्नुहोस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*