यी हुन्, नेकपाको जिल्ला महिला ईञ्चार्ज

तामसालिङ खबर
६ श्रावण २०७६, सोमबार ०७:३३

साउन ६ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको बैठकले ७७ जिल्ला र ६ वटै महानगरकै ईञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाएको छ ।

लामो समयको प्रतीक्षापछि नेकपाले आइतबार सबै जिल्ला र महानगर कमिटीका लागि ईञ्चार्ज र सह-ईञ्चार्जहरु तोकेको हो । ७७ जिल्लाकै इञ्चार्ज तोक्ने क्रममा ९ जना महिला पनि इञ्चार्जमा परेका छन् ।

नेकपाका अनुसार तेह्रथुममा जयन्ती राई, काठमाडौंमा सावित्रा भुसाल, दोलखामा देवी खड्का, स्याङजामा पदमा अर्याल, मुस्ताङमा श्रीमाया थकाली, रसुवामा विमला सुवेदी र वाग्लुङमा वलावती शर्मालाई जिल्ला इञ्चार्ज तोकिएको छ ।

त्यस्तै ६ वटा महानगरमध्ये ललितपुर महानगरमा सुशीला नेपाल र भरतपुर महानगरमा रेणु दाहालले इञ्चार्जको जिम्मेवारी पाएका छन् । महागरपालिकामा पार्टीको तर्फबाट निर्वाचित भएका मेयरलाई नै प्राथमिकता दिएर ईञ्चार्जको जिम्मेवारी तोकिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*