विद्युतीय बस खरिद गर्न सरकारले साझालाई ३ अर्ब दियो

तामसालिङ खबर
३ श्रावण २०७६, शुक्रबार ०८:१०

साउन ३, काठमाडौं – विद्युतीय बस खरिद गर्न सरकारले साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिएको छ । विहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको भौगोलिक अवस्था तथा देशको अर्थतन्त्रलाई ध्यानमा राखी असोजको अन्त्यसम्म विद्युतिय बस खरिद गरि संचालन गर्ने बताए ।

सरकारको ९९ प्रतिशत शेयर रहेको साझा यातायात सहकारी संस्था मार्फत आम जनतालाई सेवासुविधा प्रदान गर्नका लागि सरकारले छनोट गरेको बताउँदै साझा यातायातले नि स्वार्थ ढंगले काम गर्नेछ साझाको सेवाप्रति सरकारी निकायले विश्वस्त रहेको मन्त्री महासेठले बताए ।

साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणी दिक्षितले परदर्शी हिसाबले नेपालमा फाइदा हुने दिगो खालको विद्युतिय बसको विस्तार गर्ने जसले नेपालको अर्थतन्त्रलाई सुधार गर्नुका साथै वातावरण एवंम सर्वसाधारणलाई सहज हुने जानकारी दिए । असोजको अन्त्य तथा कार्तिकको शुरुवातमा ल्याउने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*