२५ वर्षपछि, मुस्ताङी राजाको अंश विवाद सहमतिमा टुंगियो

तामसालिङ खबर
३ श्रावण २०७६, शुक्रबार १०:२५

साउन ३, मुस्ताङ – ऐतिहासिक मुस्ताङी राजा जिग्मे पलवर विष्ट उर्फ अशोक विष्टको अंश सम्बन्धि विवाद २५ वर्षपछि सहमतिमा टुंगिएको छ । जिल्ला अदालत मुस्ताङका न्यायाधीश मनोज श्रेष्ठको इजलासले दुवै पक्षको संयुक्त मेलमिलापमा अंश मुद्दा टुंग्याएको हो ।

मुस्ताङी राजाको अंश सम्बन्धि मुद्दा २०५२ सालमा जिल्ला अदालत जोमसोममा दर्ता भएको थियो । राजाको नाममा भएको चलअचल सम्पत्तीमा आफ्नो हिस्सा माग गर्दै राजा जिग्मे पलवर उर्फ अशोक विष्टका माइला दाई लामा थुक्देनकी कान्छी श्रीमती सोनाम छेन्जोम विष्टले मुद्दा दर्ता गराएकी थिइन् ।

तत्कालीन मुस्ताङी राजा आङगोई तेन्जिङ धन्डुल पलवर विष्टका ३ वटा छोरा मध्ये पछिल्ला मुस्ताङी राजा जिग्मे पलवर विष्ट उर्फ अशोक विष्ट कान्छा हुन् । कान्छा भाई अशोकका जेठा दाई आङगुन वाङ्दी न्याङ्वो पलवर विष्ट पहिल्यै स्वर्गारोहरण भएको र माइला दाई लामा आङ्गुन वाङ्दीको पनि २०१५ सालमा स्वर्गारोहरण भइसकेको थियो ।

राजपरिवारका माइला दाई वाङ्दीका २ वटी श्रीमती मध्ये एकको स्वर्गबास भइसकेको र अशं मागको मुद्दा दर्ता गराएकी कान्छी श्रीमती हुन् । तत्कालीन मुस्ताङी राजाको सम्पूर्ण जायजेथा भने कान्छा छोरा राजा जिग्मे पलवर विष्टको नाममा रहेको थियो । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*