धनगढी बम विष्फोट उपचारको क्रममा एकको मृत्यु
साउन ३, कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाको चटकपुरमा बिहीबार साँझ भएको विष्फोटमा घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
विष्फोटबाट गम्भीर घाइते बनेका राम सिंहको धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बिहिबार साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा बम विष्फोट हुँदा होटेल सञ्चालक केशवराज पाण्डे सहित कञ्चनपुर बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव घाइते भएका छन् ।