तेस्रोपटक बढाइयो, अन्तरार्ष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण अवधि

तामसालिङ खबर
३० असार २०७६, सोमबार १०:०८

भैरहवा – निर्माणाधीन अन्तरार्ष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण अवधि थपिएको छ । निर्माण सम्पन्न गर्न थप समय आवश्यक देखिएकाले अवधि थप भएको आयोजनाले जनाएको छ।

विमानस्थलको निर्माण कार्य सम्पन्न गर्न यही जुन २८ सम्म म्याद थियो । यस अघि सन् २०१७ मै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, २०१७ मा सम्पन्न नभएपछि २०१९ जुन २८ सम्म सारिएको थियो । अहिले पुनः विमानस्थलको निर्माण सम्पन्न गर्न ६ महिना म्याद थपिएको छ । यो तेस्रो पटक म्याद थपिएको हो ।

विमानस्थल निर्माणको क्रममा चिनियाँ ठेकेदार र सह–ठेकेदारबीच विवाद, ठेकेदार कम्पनीको लापरवाही, मधेस आन्दोलन, नदीजन्य पदार्थको अभाव लगायतका कारण आयोजनामा असर परेको थियो ।

विमानस्थलको निर्माणकार्य सम्पन्न गर्नका लागि थप समय आवश्यक देखिएकोले २०१९ डिसेम्बर महिना (पुस १५) सम्म म्याद थप भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । उनले निर्माणकार्यको म्याद थप भएपनि लागत भने नबढ्ने दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*