म्हेन्दो ह्राङ्बा ह्याङला माया भन्दैछन्, प्रदिप र सुजिना (भिडियो)

हेम बम्जन
२९ असार २०७६, आईतवार १५:४४

भक्तपुर – केही हप्ता अघि मात्र सार्बजनिक तामाङ मेलोडी गीत ‘नत साम्सी धोला माया’ मार्फत अभिनय यात्रा शुरुवात गरिएको सुजिना गोलेको अर्को म्युजिक भिडियो रिलिज भएको छ । गायक रिदम तामाङ र गायिका सिर्जना स्याङ्तानको आवाजमा रहेको ‘म्हेन्दो ह्राङ्बा माया’ बोलको गीत शनिबार रिलिज गरिएको हो ।

प्रेममा परेको एक युगल प्रेमीप्रेमिकाको मायामा कस्तो हुनुपर्छ ? माया भन्ने चिज खुलस्त गरिएको सो भिडियोमा डेन्बामाया बोलको गीतबाट दर्शक माझ परिचित मोडेल प्रदिप मोक्तान र सुजिना गोलेको दमदार अभिनय रहेको छ । डम्फु मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सर्बाजानिक गरिएको हो ।

सज्जन स्याङतानको शब्दमा रहेको गीतलाइ संगीतकार संन्जिब वाइबाले संगीत भरेका छन् । मकवानपुरको उत्तरी क्षेत्र कुलेखानी, मार्खु, इन्द्रसरोबर ताल लगायतको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाइ अमिर दोङको निर्देशनमा तयार भएको हो ।

भिडियोमा प्रतीक ङ्यासुरले कोरियोग्राफी, दिपेश प्रधानले एरेन्ज गरेका छन् भने बिक्रम मोक्तानले छायांकन गरेको म्युजिक भिडियो निकै नै मिहेनत गरेकोले दर्शक श्रोताले भरपुर मनोरञ्जन लिन सक्ने अपेक्षा रहेको निर्माण टोलिले बताएको छ । भिडियो हेर्नुहोस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*