भारतले नेपालकाे तरकारी छिर्न दिएन

तामसालिङ खबर
२८ असार २०७६, शनिबार ०९:३९

कञ्चनपुर – महाकाली नगरपालिका १० सर्खेती टोलका गोपाल खत्रीले एक दशक अघिसम्म डेढ बिघा जग्गामा परबल खेती गर्थे । गाउँटोल जताततै परबल खेतीको लहरै चलेको थियो । यहाँ उत्पादित परबल खरिद गर्न भारतका खटीमा, बरेली र दिल्लीसम्मका व्यापारी बारीमै पुग्थे ।

भारतले सीमा क्षेत्रमा एसएसबी क्याम्प राखेपछि परबल निकासी ठप्प भयो । दोधारा चाँदनी क्षेत्रबाट निकासी हुने परबल रोकियो उत्पादित परबल खेतमै बिग्रिन थाल्यो ।

कृषकहरूले बिस्तारै खेती छाडे । उनीहरू फेरि परम्परागत धान गहुँलगायत खाद्यान्न बालीमा फर्किए । अहिले नेपालमा विषादी परीक्षणको विषय चर्चामा छ ।

सरकारले सम्बन्धित भन्सार विन्दुमा विषादी अवशेष परीक्षण गरेपछि मात्रै जाँचपास गर्नुपर्ने व्यवस्था ल्यायो । फेरि आफ्नै निर्णयबाट पछाडि फर्कियो । परीक्षण बिना कै तरकारी तथा फलफूल भित्रिन थाले । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*