मदन पुरस्कारको लागि सात वटा पुस्तक सिफारिस

तामसालिङ खबर
२७ असार २०७६, शुक्रबार ०९:५१

काठमाडौं – मदन पुरस्कार २०७६ का लागि सात वटा पुस्तकको छनोट भएको छ । मदन पुरस्कार गुठीले पुरस्कारका लागि सूची तयार गर्न गठित विज्ञ समितिले सात वटा पुस्तकको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका पुस्तकमा सानु शर्माको एकादेशमा, बिन्दू शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोका फातसुङ, महेश थापको मरीचिका, योगेश राजको रणहार र ध्रुप सापकोटाको विचारको लाश रहेका छन् ।

सिफारिस सात वटा पुस्तकहरुमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार दिने छ । गुठीलाई प्राप्त भएका कूल २५७ कृतिहरुबाट सात पुस्तहरु सिफारिस गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*