साउन देखि हिमालय एअरलाइन्सले ढाकामा उडान गर्ने
काठमाडौं – नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले नेपालबाट बंगलादेशको राजधानी ढाकामा सिधा उडान गर्ने भएको छ । साउन ६ गतेदेखि काठमाडौं–ढाका–काठमाडौं रुटमा नियमित उडान गर्न लागिएको कम्पनीले जनाएको छ ।
हिमालय एयरलाइन्सको ढाका उडानले छिमकी मुलुकहरुबीच नेपालको पर्यटन र अन्य व्यवसाय प्रबर्द्धनमा टेवा र्पुयाउने एयरलाइन्सले जनाएको छ । बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटन नेपाल भ्रमणमा आउने गरेका छन् । हिमालय एअरलाइन्सले मध्यपूर्वी एसियाका गन्तव्य दोहा, दुबई-आबुधावी र दमाममा उडान गरिरहेको छ ।
सोमबार, बुधबार र शनिबार हिमालय एयरलाइन्सको जहाज ढाकाका लागि उड्नेछ । काठमाडौंबाट स्थानीय समय बिहान ११ः१० बजे उड्ने जहाज स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । ढाकाबाट स्थानीय समय अनुसार दिउँसो २ः १० बजे उड्ने जहाज सोही दिन काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ३ः २० मा अवतरण गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र नाङचाङ, चाङ्चिङ, चाङ्सा र गुइयङजस्ता गन्तब्यसम्म उडान विस्तारको योजना रहेको उल्लेख गरेको छ ।