घेदुङले भन्नैपर्छ, हो हामी सक्छौ’ – टासी लामा तामाङ

टासी लामा तामाङ
२६ असार २०७६, बिहीबार १७:३७

सन् २००८ मा अमेरिकामा रास्ट्रपति चुनाबी प्रक्रिया चल्दै थियो । म अन्तर्रास्ट्रिय राजनीतिमा अलिकति रुचि राख्ने भएको नाताले संसारकै शक्तिशाली देशको राष्ट्रपति चुनाबलाई अलि चासो पूर्बक हेरें र सकेसम्मको जानकारी लिने प्रयत्न गरें ।

एक जना प्रत्यासी बाराक ओबामाको चुनाबी नारा थियो YES WE CAN अर्थात् हो हामि सक्छौं । नभन्दै अप्रत्यासित नतिजा निकाल्दै डेमोक्राटिक पार्टीको आन्तरिक चुनाबमा शक्तिशाली हिलारी क्लिन्टनलाई र अन्तिममा रिपब्लीकन पार्टीको उम्मेदवार जोन म्याकेनलाई पराजित गर्दै सामान्य परिवारमा जन्मेर हजुर मुमासँग हुर्केको ओबामा पहिलो अफ्रिकन मूलको ४४ औं अमेरिकी राष्ट्रपति बने । अर्को चुनाबमा पनि बिजयी हुँदै ८ बर्षे कार्यकाल सफलता पूर्बक सम्पन्न गरे वा गर्न सके ।

यो यकाध महिनाको सेरोफेरोमा तामाङ समुदायमा धेरै घटनाहरु घटे । तामाङ समुदायको साझा राष्ट्रिय संस्था भएको नाताले ती सबै घटनाहरुमा नेपाल तामाङ घेदुङले आवश्यक काम गरोस भन्ने अपेक्षा र चाहना तामाङ समुदायले राख्नु स्वभाविक थियो । घेदुङको जिम्मेवार नेतृत्वहरुको सबै प्रयत्नहरुको बाबजुत समयमा अपेक्षाकृत परिणाम निकाल्न कठिन भयो ।

यहि सेरोफेरोमा घेदुङ अध्यक्ष मोहन गोलेज्युले तामाङ समुदायको राजनीतिक सामाजिक र संगठानिक धरातलीय यथार्थताको विश्लेषण गर्दै ‘घेदुङले किन गर्न सकेन’ शिर्षकको लेख प्रकाशित गर्नुभयो । यस्तो परिस्थिति सिर्जना हुनुको कारणहरु के–के हुन् र क–कसको कत्ति कत्ति जिम्मेवारी छ भन्ने बिषयमा कुनै दिन समिक्षा होला तर तामाङ जनताको मुक्तिको उत्कट सपना र अदम्य बिश्वास बोकेका एकजना प्रतिभाशाली उच्च नेतृत्वले यस्तो परिस्थिति देखिनु हाम्रो निम्ति सुखद बिषय होइन ।

नेपाल तामाङ घेदुङ नेपालको तामाङ आदिवासी समुदायमा आधारिक नागरिक संगठन हो । जसले तामाङ समुदायको सामाजिक–साँस्कृतिक र राजनीतिक अघिकारका सवालहरुमा राज्यको निर्णायक तहमा लविङ (Lobbing) र समुदायको तहमा सचेत अभियान (Campaigning) को काम गर्छ ।

जस्तै प्रदेश ३ लाई नेवा–ताम्सालिङ नामकरण, तामाङ भाषालाई सरकारी काम कारबाहीको भाषा आदिलाई ३ नम्बर प्रदेश सभाले संस्थागत गर्नु पर्ने हुन्छ र त्यसको निम्ति प्रादेशिक सांसदहरु र राजनीतिक नेतृत्वहरुसँग लविङ गर्दै र समुदायमा सचेत अभियान मार्फत नागरिक दबाब सिर्जना गर्दै हाम्रो मुद्दाहरुको पक्षमा आबश्यक मत पु¥याई संस्थागत गर्नका निम्ति पहल गर्ने छ ।

यस्तो पहल गरिरहँदा, घेदुङ आफै राजनीतिक सत्ता निर्माण गर्ने र सत्ताको अभ्यास गर्ने काम चाहि गर्दैन किनकि त्यसो गर्नको निम्ति घेदुङ राजनीतिक दल वा संगठन होइन ।

यत्तिखेर हामी सामु यत्ति संबेदनशील समय छ, जत्ति बेला हाम्रो बिगतको सबै आन्दोलनहरुलाई निस्कर्षमा पु¥याउनुपर्ने छ । नेवा–ताम्सालिङ स्थापना गर्न सक्ने वा नसक्ने, तामाङ र भाषा र सँसकृतिलाई सरकारी स्तरमा संस्थागत गर्न सक्ने वा नसक्ने, समानुपातिक समावेशी प्रतिनिधित्वलाई ठिक ढंगले लागु गर्न सक्ने वा नसक्ने लगायत हाम्रो थुप्रै सवालहरुलाई सम्बोधन गर्न सक्ने वा नसक्ने केहि महिना भित्रै निर्णय हुनेछ । यस्तो निर्णायक घडीमा तामाङ आन्दोलन र संगठन कम्जोर हुनु वा देखिनु हुन्न । यत्ति खेर हामी सबैले हाम्रो साझा संगठन नेपाल तामाङ घेदुङ र संगठनको अध्यक्ष मोहन गोलेज्यूलाई सबै प्रकारको आवश्यक साथ र समर्थन दिनु जरुरी छ ।

नेपाल तामाङ घेदुङको एतिहासिक पृष्ठभूमि, बिशाल संगठन र ससक्त नेतृत्व, लाखौ जनसमुदायको समर्थन र भरोसा हामीमा रहेकोले इतिहासले सुम्पेको जिम्मेवारी हामी पुरा गर्न सक्छौ । त्यसैले राष्ट्रपति ओबामाको चुनावी नारा जस्तै हामी भनौं र अठोट गरौं कि YES WE CAN अर्थात् हो हामी सक्छौं । (लेखक – टासी लामा तामाङ ,अन्तर्राष्ट्रि तामाङ परिषद् को वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*