फुलमाया थिङको ‘धोका दियो आफ्नै छायाँले’ सार्बजानिक हुने तयारीमा

तामसालिङ खबर
२५ असार २०७६, बुधबार २१:२८

हेटौडा – गीतकार एबम गायिका फुलमाया थिङको चौथो कोशेली रहेको लोकदोहोरी ‘धोका दियो आफ्नै छायाँले’ बोलको गीतको भिडियो रिलिजको तयारीमा छ । सो गीतमा गायक जनक लामा र गायिका अर्चना स्याङ्तानको आवाज रहेको छ ।

 

गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ । भिडियोमा गायिका फुलमाया थिङ संगै ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका छन् ।

शक्ति प्रज्वल घिमिरेको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् । गीतको म्युजिक भिडियो छिट्टै सार्वजनिक गर्ने तयारी भईरहेको गायिका एबम गीतकारफुलमाया थिङले बताईन् ।

उनले यसअघि झ्याई पार्छु फुलमाया, रातो गलबन्दीको भिडियो बजारमा ल्याइसकेको छ । हेटौडा मकवानपुर बोलको गीतको अडियो सार्बजनिक भैसकेको छ दशैँ अघि नै भिडियो सहित ल्याउने उनले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*