बारामा घुस रकम सहित इन्जिनियर नियन्त्रणमा

तामसालिङ खबर
२५ असार २०७६, बुधबार ०८:३१

हेटाैँडा – बाराको पचरौता नगरपालिकाका ईन्जिनियर सहित ३ जनालाई रकम सहित अख्तियारले लिएको छ ।

पचरौता नगरपालिका इन्जिनियर राम प्रकाश सतराले नगरपालिका स्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गरेकोले उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

त्यस्तै, पचरौता नगरपालिका कै नायव सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तीकरण सम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राही सँग घुस रकम मागेको भन्ने सूचना एवम् उजुरीको आधारमा पक्राउ गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज इन्जिनियर राम प्रकाश सतरा र कार्यालय सहयोगी धुव्र महतोलाई सम्बन्धित सेवाग्राहीसँग १५ हजार रुपैया र नायव सुब्बा बद्रीबहादुर थापालाई सम्बन्धित सेवाग्राहीसँग १४ हजार रुपैया घुसवापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगमा प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।

अख्तियारले घुसवापतको रकम सहित निजहरूकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*