राष्ट्रिय चलचित्र पुरस्कारको भव्य तयारी

तामसालिङ खबर
२४ असार २०७६, मंगलवार १५:३९

काठमाण्डौ – चलचित्र विकास बोर्डको १९ औं वार्षिक उत्सवको अवसरमा २७ असार राष्ट्रपति भवन सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ । २ वर्ष पछि हुन लागेको सो पुरस्कार समारोह भव्यरुपमा आयोजनाको लागि विभिन्न तयारी भइरहेको छ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।

राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको छ । २०७३, ०७४ र ०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुनेहरुलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताउनु भयो । समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ।

अर्को वर्षबाट पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्ता सम्मका कलाकारहरुले करिब १२ मिनेटको नृत्य प्रस्तुत गर्ने भएका छन् । पहिलो चलचित्र आमादेखि अहिले सम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*