अण्डाको मूल्य वृद्धि

तामसालिङ खबर
२४ असार २०७६, मंगलवार ११:१२

चितवन : कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । प्रतिक्रेट २०० रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० रुपैयाँ पुगेको छ । सानो अण्डाको मूल्य ११५ बाट बढेर २३० रुपैयाँ पुगेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ ।

बढेको बिक्री मूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा रुपैयाँ पर्दछ । हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । यस सँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको बताएको छ । पछिल्लो समय कृषकले चल्ला राख्न समेत छाडेका थिए । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ ।

तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६० रुपैयाँ पुगेको थियो । गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*