प्रदीप र सुजिनाको ‘म्हेन्दो ह्राङ्बा माया’ शुक्रबार रिलिज हुने
भक्तपुर : हालै मात्र तामाङ मेलोडी म्युजिक भिडियो ‘नत साम्सी धोला माया’ मार्फत अभिनय यात्रा शुरुवात गरिएको नबमोडल सुजिना गोलेले एक पछि अर्को गीतमा व्यस्तता बढाएको छ । सफल अभिनय र कलाकारितामा राम्रो लगाब संगै अहिले निर्माताहरुको नजरमा उनि पर्न सफल भएको छ ।
उनै मोडेल गोलेद्वारा अभिनित शुक्रवारबाट नया म्युजिक भिडियो आउने भएको छ । रिदम तामाङ र श्रीजना स्याङ्तानको आवाजमा रहेको ‘म्हेन्दो ह्राङ्बा माया’ बोलको गीत डम्फु मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सर्बाजानिक हुने भएको छ ।
गीतमा सज्जन स्याङतानको शब्दमा रहेको गीतलाइ संन्जिब वाइबाले संगीत गरेका छन् । डेन्बामाया बोलको गीतबाट दर्शक माज परिचित मोडेल प्रदिप मोक्तानलाइ नबमोडेल सुजिना गोलेले साथ् दिएकी छिन । नायक अमिर दोङको निर्देशनमा तयार भएको गीतलाइ प्रतीक ङ्यासुरले कोरियोग्राफी गरेको छ ।
दिपेश प्रधानले एरेन्ज गरेका छन् भने बिक्रम मोक्तानले छायांकन गरेको म्युजिक भिडियो निकै नै मिहेनत गरेकोले दर्शक श्रोताले भरपुर मनोरञ्जन लिन सक्ने अपेक्षा रहेको निर्माण टोलिले बताएको छ ।