कैलालीका नदीमा डल्फिन

तामसालिङ खबर
२३ असार २०७६, सोमबार ११:२६

टीकापुर – कैलालीको मोहना र पथरैया नदीको दोभानमा आइतबार ३ वटा डल्फिन देखिएको छ । स्थानीय नरेन्द्र रेग्मीका अनुसार २ ठूला र १ सानो डल्फिन देखिएको छ । नदीमा पानीको सतह बढे सँगै डल्फिन देखिन थालेका छन् ।

डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए । मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ ।

यी नदीमा डल्फिन असारदेखी भदौ महिनासम्म रहन्छ । स्थानीयका अनुसार नदीमा पानीको सतह नघटे असोज महिना सम्म पनि डल्फिन देख्न सकिन्छ ।

अन्य महिनामा डल्फिन नजिकैको कर्णाली नदीतर्फ लाग्छन् । ग्याँगेटिक जातको डल्फिन पाईन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ । डल्फिनले आफ्नो बच्चालाई मानिसले झैं दूध चुसाउँछ।

स्थानीयका अनुसार संसारबाटै लोपोन्मुख अवस्थामा रहेको डल्फिन कैलालीका नदीहरुमा समेत संकटमा छ। आहार, बासस्थान, पानी प्रदुषण लगायतका कारण डल्फिन संकटमा पर्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। नागरिक न्युज डट्कम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*