खुल्ला फुटसलको उपाधि, विजय युथको पोल्टामा

तामसालिङ खबर
२२ असार २०७६, आईतवार ०९:५०

हेटौडा – हेटौंडा जेसिजको आयोजनामा जारी खुल्ला फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लवले जितेको छ । शनिबार हेटौडामा भएको फुटसल खेलमा विजय युथ क्लबले एफसी ईन्टरनेट सिटीलाई ६–० गोल अन्तरले हराउँदै उपाधि क्लबले हात पारेको हो ।

सेमीफाइनलमा विजय यूथले एफसी मल्टिभिजनलाई र ईन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै फाइनल पक्का गरेका थिए । विजय यूथलाई उपाधि जिताउने क्रममा कप्तान सुदिप राजबाहकले ह्याट्रिक गर्दा अनिष श्रेष्ठ, अभय राना, अरुज सिंहले समान एक-एक गोल गरेका थिए ।

प्रतियोगिताको विजेता बने सँगै विजय युथले नगद ५० हजार रुपैयाँ ट्रफी,मेडल हात पारेको छ । उपविजेता बनेकोको ईन्टरनेटले २५ हजार रुपैयाँ मै चित्त बुझाउन बाध्य बनेको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय यूथका गोलरक्षक अनिल श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, उपाध्यक्षद्वय कृष्णप्रसाद अर्याल र गोकुल सापकोटा तथा आयोजक जेसीजका अध्यक्ष सन्देश डिसीले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २० टिमको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा सन्देश डिसीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, हेटौंडा जेसीज पूर्व अध्यक्ष गणेशकुमार श्रेष्ठ, बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी, गोरखा जेसीज अध्यक्ष राजिव अधिकारी, वीरगञ्ज जेसीज अध्यक्ष शेखर चौधरी, हेटौंडा जेसीजका उपाध्यक्ष संगीत श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*