चर्चा बटुल्दै ‘न त साम्सी, धोला माया’ (भिडियो)

तामसालिङ खबर
१९ असार २०७६, बिहीबार १४:५६

हेटौडा – य़ुट्युब र टिकटकमा अडियो भर्सनको गीतबाट निकै चर्चामा रहेको तामाङ मेलोडी गीत ‘न त साम्सी धोला माया’ को म्युजिक भिडियो रिलिज भएको छ ।

गायक तथा संगीतकार अभिषेक तामाङको पछिल्लो समयमा प्रेमी प्रेमिकाको परिवेशमा रही आएको प्रेम सम्बन्धी गीतहरु बजारमा आइरहेको बेला उनले बिल्कुलै नयाँ तामाङ लभ गीत बजारमा ल्याएको छ ।

गायक अभिषेक तामाङ र सृजना स्याङ्तानको आवाजमा रहेको गीतलाई कुमार स्याङ्बाको शब्द रहेको गीतलाई दिपेश प्रधानले एरेञ्ज र मिक्स गरेका हुन् । गायक तामाङ कै संगीतमा रहेको गीतको म्युजिक भिडियोलाइ आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सोनाम पाख्रिनको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित नायक सागर घिसिङ सँगै नबमोडेल सुजिना गोलेको अभिनय रहेको छ । सञ्जीत श्रेष्ठको छायांकन रहेको छ भने सुरेश घिसिङले ड्रोन उडाएका छन् ।

सुशिल न्यौपानेको सम्पादनमा तयार भएको भिडियोलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
भिडियो हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*