‘छ माया छपक्कै’ एक करोडमा ‘ओभरसिज राइट्स’ बिक्री
काठमाडौं – कमेडी स्टार काष्टले भरिएको नेपाल कथानक चलचित्र ‘छ माया छपक्कै’ को विदेशमा प्रदर्शन गर्नका लागि निशान बजगाँइलाई एक करोड १० लाखमा ‘ओभरसिज राइट्स’ बिक्री गरेको छ । धेरै मूल्यमा ओभरसिज राईट्स बिक्री भएको यो पहिलो फिल्म हो ।
फिल्मको छायांकन केही बाँकी राख्दै करिब ३८ दिनको सुटिङ सकेर ‘एन्डक्लाप’ गरेको चलचित्र आउदो दशैंमा रिलिज हुने निर्देशक दीपेन्द्र लामाले बताउनु भयो । फिल्ममा कमेडी, राजनीति, मायाप्रेम र सामाजिक विषयको ‘कम्प्लिट प्याकेज’ भएको निर्देशक लामाले बताए ।
रोहित अधिकारीले आमा सरस्वती मुभिजसँग मिलेर निर्माण गरेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, सुपुष्पा भट्ट, शिशिर बाङ्देल, दीपक क्षेत्री, अनुराग कुँवर लगायतको मुख्य भूमिका रहेको छ । ग्रामीण परिवेशमा छायांकन गरिएको यस नेपालीपन देखाउन खोजेको निर्देशक लामाले बताए ।