आईफा अवार्डका लागि एक रुपैयाँ पनि दिने अनुमति छैन – संचारमन्त्री बास्कोटा

तामसालिङ खबर
१७ असार २०७६, मंगलवार ०९:१९

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म एकेडेमी (आईफा) का लागि नेपाल सरकारले कुनै रकम विनियोजन नगरेको दाबी गरेका छन् । आईफा नेपालमा आयोजना गर्न मन्त्रिपरिषद् बैठकले ४४ करोड रुपैयाँ विनियोजन गरेको खबर सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो ।

यो विरोधपछि मन्त्री बाँस्कोटाले पहिलोपटक मुख खोलेका हुन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘एक अर्ब दिने कुरा कहीँ कतै उल्लेख गरेको छैन ।

आईफा अवार्ड काठमाडौंमा गर्ने स्वीकृति मात्र दिइएको हो ।’ मन्त्री बाँस्कोटाले समारोहको व्यवस्थापनका लागि एक रुपैयाँ पनि नदिएको दाबी गर्दै मन्त्रिपरिषद्को स्वीकृतिको निर्णयलाई पत्रकारले अतिरञ्जित रूपमा प्रस्तुत गरेको आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*