हेटौंडामा २ दिने खुल्ला फुटसल प्रतियोगिता हुने

तामसालिङ खबर
१४ असार २०७६, शनिबार ०१:१७

हेटौंडा – हेटौंडामा दुइ दिन खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । यहि असार २० र २१ गते दुई दिन हेटौंडा जेसिजको आयोजनामा जिल्लामा पहिलो पटक खुल्ला फुटसल हुन लागेको हो । शनिबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजकले यस बारेमा जानकारी गराएको हो ।

हेटौंडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउण्ड हुने उक्त प्रतियोगितामा हाल सम्म ११ टिमले नाम दर्ता गरिसकेको र मकवानपुर सहित काठमाडौं, चितवन का २० टोलीको सहभागिता रहने प्रतियोगिताको संयोजक विकेशलाल श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ट्रफी,मेडल सहित नगद ५० हजार तथा दोस्रो हुनेले ट्रफी, मेडल सहित नगद २५ हजार प्रदान गर्ने संयोजक श्रेष्ठले बताए ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने समूहले दर्ता शुल्क बापत ५ हजार तिर्नु पर्ने र सहभागी समूहले असार १७ गते सम्म दर्ता गर्न सकिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*