मकवानपुर बाल विद्या सदनमा नेतृत्व चयनका लागि निर्वाचन

तामसालिङ खबर
१४ असार २०७६, शनिबार १२:५३

हेटौडा – मकवानपुर बाल विद्या सदन स्कुलमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास गर्दै आफैंले नेतृत्व छनोट गरी व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

निर्वाचन प्रकृयाबाट स्कुल क्याप्टेन र क्लास क्याप्टेन निर्बाचित भएका छन् । स्कुल क्याप्टेन तर्फ छात्र तथा छात्रा क्रमशः रजल श्रेष्ठ र स्मिति गिरी चयन भएका छन् ।

त्यस्तै, क्लास क्याप्टेन निशान भोम्जन (४), रिया पुडासैनी (५), रिसन भुजेल (६), कुसुम खड्का (७), एलिशा लो (८) र रचना घर्ती (९) निर्वाचित भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष अनिल बानियाँद्वारा निर्वाचनको महत्त्वबारे विद्यार्थीहरूलाई जानकारी दिनु भएको थियो । उहाले निर्वाचित विद्यार्थीलाई बधाई दिदै जिम्मेवारी पूर्वक काम गर्न शुभकामना दिनुभयो ।

निर्वाचित विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदिपराज गिरी, अभिभावक शिक्षक संघ अध्यक्ष सुन्दर दाहाल, व्यवस्थापन समिति सदस्यहरू कल्पना कुईँकेल गुरागाईँ, पुरुषोत्तम अधिकारी लगायतले ब्याच तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*