जग्गा रोक्का गरेपछि उद्योगीले विधुत महशुल बुझाए

तामसालिङ खबर
१२ असार २०७६, बिहीबार १५:२०

हेटौडा – हेटौडामा लामो समयदेखि विधुत महशुल बक्यौता राखेको र कालो सुचीमा परेका एक उद्योगका जग्गा मालपोत कार्यलयमा रोक्का गरेपछी २२ लाख ७५ हजार जरिवाना सहित विधुत महशुल तिरेको विधुत वितरण केन्द्र हेटौंडाले जनाएको छ ।

विगत १० वर्षदेखि महशुल नतिर्ने मकवानपुृर क्रसर उद्योगको भिमफेदी १ मा पर्ने जग्गा मालपोत कार्यलयमा रोक्का गरी सुचना जारी भएपछि सम्बन्धित उद्योगीले बक्यौता रकम बुझाएको केन्द्रका प्रमुख शम्भु कुसियत यादवले बताउनु भयो । यसरी मालपोतमा पहिलो पल्ट सो केन्द्रले जग्गा रोक्का गरेको सुचना गरेपछि उक्त रकम बुझाएको बताईएको छ ।

यस्तै, जिल्ला जनस्वस्थ्य कार्यलय हेटौडाले पनि लामोे समयसम्म बक्यौता रहेको १४ लाख ५० हजार विधुत महशुुल बुझाएको छ । वितरण केन्द्रका अनुसार लामो समयदेखि विधुत महशुल नतिर्ने अटेर गर्ने तथा विधुत चोरी गर्ने ७ सय १८ जनाको विधुत लाईन कट्टा गरी जरिवाना समेत गरिएको छ ।

विधुत कट्टा गरिएको मध्ये ७ सय जनाले जरिवाना सहित महशुल बुझाईएको । उक्त रकम रु ३ करोड भन्दा बढी रहेको छ । साथै कार्यालयले विधुत चुहावट रोक्न अनुगमन कार्य तिव्र पारेको छ । मासिक १७ करोड भन्दा बढी विधुत महशुल उठाउँदै आएको केन्द्रको ग्राहक संख्या ५० हजार हारहारीमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*