लोक सांगीतिक रियालिटी सो ‘नेपाल लोक स्टार’ आजबाट प्रशारण हुँदै
काठमाडौं – लोक सांगीतिक रियालिटी सो ‘आईएमई नेपाल लोक स्टार’ आजबाट प्रशारण शुरु हुनेभएको छ । आजबाट प्रत्येक बिहीबार र शुक्रबार राति साढे ८ बजेबाट शुरु हुने ‘शो’ एपीवान एचडी टेलिभिजन र रमाइलो टिभीबाट प्रशारण हुने छ भने युट्युबाट पनि लाइभ हेर्न सकिने आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए ।
उनका अनुसार युट्युब लाइभ स्ट्रिममा प्रथम ५० भित्र कमेन्ट गरि सेयर गर्ने दर्शक मध्य एक जनालाई कलरर्सको वानई स्मार्टफोन उपहार प्रदान गर्नुका साथै दुईवटा प्रत्यक्ष ‘शो’ हेर्ने अवसर दिइने बताएको छ ।
आजबाट प्रशारण हुने ‘शो’मा मेगा अडिसनबाट छानिएका १०९ प्रतिस्पर्धीबाट २५ जना स्थापित गर्ने शोमा पुग्नेछन् । मेगा अडिसनका सातवटा श्रृंखलापछि स्थापित गर्ने एउटा श्रृंखला हुने अध्यक्ष कोइरालाले जानकारी दिए ।
अध्यक्ष कोइरालाका अनुसार उत्कृष्ठ ५ जनालाई लिएर सातवटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्टसर्ट गरिने छ । कार्यक्रमको ३६ औं श्रृखंला फाइन हुनेछ । ‘शो’मा लोक भाका मात्रै गाइने छ ।
विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् भने दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, रामजी खाँड, बिबि अनुरागी र सुनिता दुलाल छन् ।