प्रदेशसभाबाट दुई विधेयक सर्वसम्मत पारित
हेटौडा – तिन नम्बर प्रदेशको प्रदेशसभा बैठकबाट बुधबार दुई वटा विधेयक सर्वसम्मत पारित भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको अर्थ तथा विकास समितिको प्रवितेदन सहित प्राप्त कर तथा ग्ररकर राजस्व सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
त्यस्तै, मन्त्री ढुंगेलले प्रस्तुत गरेको प्रदेश आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक क, ख ग पनि सर्वसम्मत पारित भएको छ ।