मनहरी गाउँपालिकामा ६१ करोड ९९ लाख बजेट प्रस्तुत

स्वास्थ्य बीमादेखि नगरप्रहरीको परिकल्पना
तामसालिङ खबर
११ असार २०७६, बुधबार २०:१०

हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाले पाँचौ गाउँ सभामा मार्फत नीति तथा कार्यक्रम र बजेट आगामी आर्थिक बर्ष २०७६/७७ का लागि ६१ करोड ९९ लाख ३१ हजार रुपियाँ बजेट बिनियोजन भएको छ । मंगलबार सार्बजनिक गरेको बजेट संगै नीति तथा कार्यक्रम समेत अघिल्ला बर्षहरुमा भन्दा नयाँ र सिर्जनात्मक व्यवस्थाहरु समेटेको पाइएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरप्रहरीको परिकल्पना गरिएको छ । आगामी आर्थिक बर्षमा नगर प्रहरी भर्ना गर्नेगरी बजेटको व्यवस्थापन गरिनेछ ।

नेपाल सरकारको बित्तीय समानीकरणबाट १२ करोड ५३ लाख, ३ नं प्रदेश सरकार बित्तीय समानीकरणबाट १ करोड ३ लाख ४० हजार, नेपाल सरकारको ससत अनुदानबाट १२ करोड ४७ लाख, ३ नं प्रदेश सरकारको शसर्त अनुदानबाट २१ लाख ६८ हजार, राजश्व स्रोत बाँडफाँटबाट १२ करोड ७८ लाख ८४ हजार, वन रोयल्टीबाट ४५ लाख, ३९ हजार र अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा तथा आन्तरिक राजश्व परिचालनबाट १४ करोड ५० लाख रुपियाँ प्राप्त हुने बजेटलाई गाउँपालिकाले विभिन्न योजनाहरु निर्माण गरी बिनियोजन गरेको हो ।

नीति तथा कार्यक्रममा अति गरिव र विपन्न नागरिकहरुलाई लक्षित गरी मनहरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यसका लागि अध्यक्ष बीमा सहयोग कोषको स्थापना हुनेछ । त्यसैगरी महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि स्वयंसेविका आयआर्जन कोष स्थापना गरिने लगायतको नीति तथा कार्यक्रममा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*