गलबन्दीको विवाद टुंगियो, प्रकाश सपुत र शम्भु राईबिच सहमति
हेटौडा – बहुचर्चित लोकगीत ‘गलबन्दी’ को विषयलाई लिएर पुराना लोक गायक शम्भु राई र चर्चित गायक प्रकाश सपूतबीच भैरहेको विवाद अन्तत सकिएको छ ।
गायक राईले आफ्नो ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको लय प्रकाश सपूतले गाएको ‘गलबन्दी’ गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा दायर गरेका थिए ।
विवादले ठूलो रुप लिएता पनि अन्तत सहमतिमा सकिएको छ । बुधबार शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ । सहमति अनुसार प्रकाश सपूतको ‘गलबन्दी’ गीतको वितरण र यूट्युब च्यानलमा गीत संगीत सिर्जना शम्भु राई र पुनः गीत संगीत सिर्जना प्रकाश सपूत लेखिनेछ ।
तर गलबन्दी गीतको संगीत सिर्जनामा शम्भु राईको नाम लेखिए पनि त्यसको सबै अधिकार प्रकाश सपूतमा रहने र आर्थिक आम्दानी पनि उनकै रहने सहमति भएको छ । त्यस्तै शम्भु राईले नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा हालेको मुद्दा पनि फिर्ता लिने सहमति भएको छ ।
हेर्नुहोस् सहमति पत्र–