प्रेमजालमा पर्दा, सैनिकले गुमाए साढे चार लाख

तामसालिङ खबर
११ असार २०७६, बुधबार ०९:३४

काठमाण्डौ – सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् ।

उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । ‘

उनले अर्कै केटीको फोटो राखेर फेसबुकमा फेक आइडी बनाई प्रेमजालमा पारेको देखिन्छ,’ एसएसपी थापाले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*