उपप्रमुखले दिइन् छोरा हेर्न पतिलाई जागिर

तामसालिङ खबर
११ असार २०७६, बुधबार ०९:२२

काठमाडौं : बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए । उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन् । छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी काम कार्यलाइ सघाउनु स्वकीय सचिव मंगल चौधरीको काम हो ।

उपप्रमुख सरकारी कामका लागि टाढा जानुपर्दा छोरा बोक्दै पति पनि जान्छन् । ‘हो, मेरा पतिले छोरा हेर्नुहुन्छ र मेरो सचिवालयलाई सघाउनु पनि हुन्छ,’ उनले भनिन् । स्वकीय सचिवको औपचारिक व्यवस्था भने गरिएको छैन ।

आन्तरिक श्रोतबाट तलब दिने गरी खरिदारसरहको दरबन्दी सिर्जना गरिएको छ । त्यसका लागि मासिक २३ हजार पाँच सय रुपैयाँ पारिश्रमिक दिइन्छ । कानुनी रुपमा भने मिलाउन अप्ठ्यारै छ । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*