वडाध्यक्षहरुले बहिष्कार गर्दा कैलाश गाउपालिकाको बजेट ल्याउन सकेन
हेटौँडा (कैलाश) – मकवानपुरको सबै स्थानीय तहको आगामी आर्थिक वर्ष २०७६/७७ को लागि गाउँ तथा नगर सभा भइरहदा कैलाश गाउपालिकाको भने गाउँसभा हुन सकेन । कैलाश गाउपालिकाको मंलगबार तय भएको गाउँसभामा वडाअध्यक्षहरुको बहिष्कार गरेपछि गाउपालिकाको बजेट ल्याउन नसकेको हो ।
विगत केही दिन देखि नियमित मासिक बैठक बहिष्कार गर्दै आएका वडा अध्यक्षहरुले मंगलबार तय भएको गाउँ कार्यपालिको सभा नै बहिष्कार गरेपछी कैलाश गाउँपालिकाले निति तथा कार्यक्रम सहित बजेट ल्याउन नसकेको हो ।
“सबै स्थानीय तहको सभा भयो । तर हाम्रो हुन सकेन वडा अध्यक्ष भन्न पनि लाजमर्नु भएको छ”, एक वडा अध्यक्षले भने, “न त भनेको समयमा बैठक हुन्छ, न एजेन्डा थाहा हुन्छ न त समयमा गाउँ सभा नै हुन्छ, सायद यहि होला सिहदरबारको अधिकार भनेको ।” तोकिएको समयमा बैठक सुरु नगरेको र एजेन्डाको बिषयमा समेत जानकारी नदिएको भन्दै वडा अध्यक्षहरुले ६ गतेको बैठक बहिष्कार गरेका थिए । त्यसपश्चात गाउँपालिका अध्यक्ष टन्क मोक्तानले बैठक डाक्न सकेका छैनन् ।
यस अघि एजेन्डाको बिषयमा समेत जानकारी नदिएको भन्दै कैलाश गाउँपालिकाको ६ गतेको बैठक वडा अध्यक्षहरुले बहिष्कार गरेका थिए । यद्यपी मंगलबार हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका सहित मंगलबार मकवानपुरको सबै स्थानीय तहको आर्थिक वर्ष २०७६/७७ को लागि गाउँ तथा नगर सभा भइरहदा कैलाशका केही वडाध्यक्षहरु हेटौँडा बजारतिर घुमिरहेको थिए ।