विश्वकप क्रिकेट : बंगलादेशको जित

तामसालिङ खबर
१० असार २०७६, मंगलवार १६:३३

एजेन्सी – सकिव अल हसनको अलराउण्ड प्रदर्शनका कारण बंगलादेशले आईसीसी एकदिवसीय विश्वकपमा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो ।

यो हारले अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ । साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै २६२ रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८३ रनको योगदान दिए । त्यस्तै शकि अल हसनले ५१ रनको अर्धशतकीय योगदान दिए । यस्तै तमिम इकबालले ३६ बनाए । मोसादेक हुसेनले पनि आक्रामक ३५ रन जोडे ।

उनले २४ बलमा चार चौका प्रहार गरेका थिए । महमुदुल्लाहले २७ रन बनाए । जितसँगै ब‌ंगलादेशले सात अङ्क बनाएकाे छ । यसका साथै उसले सुपरसिक्सकाे सम्भावना पनि बलियाे बनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*