रिहा भए, मलेसियामा नियन्त्रमा लिएको कलाकार

तामसालिङ खबर
१० असार २०७६, मंगलवार ०९:००

काठमाडौं – मलेसियामा पक्राउ परेका तिन जना नेपाली कलाकारहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको छ । एसएसओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि करिब तीन साता अघि मलेसिया पुगेका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि हाल फिर्ती केन्द्रमा राखिएको छ ।

उनीहरुलाई गत बिहीबार स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतले तोकेको जरिवाना रकम तिरेपछि उनीहरुलाई क्वालालम्पुर विमानस्थल स्थित फिर्ती केन्द्रमा राखीएको नेपाली दूतावासले जानकारी दिएको छ । पक्राउ परेकाहरुको अवस्थाबारे बुझी थप कानुनी प्रक्रिया अपनाउन दूतावासले वकिलको व्यवस्था मिलाएको थियो ।

दूतावास स्रोतका अनुसार स्वदेश फर्काउनका लागि आवश्यक पर्ने आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा भइसकेको छ । हवाई टिकट लगायत केही प्रक्रिया मात्र बाँकी रहेको र उक्त काम भइरहेको जनाइएको छ । ‘अब केही दिनमै हवाई टिकटको व्यवस्था गरी उहाँहरुलाई स्वदेश फर्काउन सकिनेमा हामी आशावादी छौं,’ दूतावासका एकजना अधिकारीले भने ।

पक्राउ परेकाहरुको उद्धारको पहल गर्न एवं पछिल्लो अवस्थाबारे बुझ्न गैरआवासीय नेपाली संघका महासचीव सुन्दर आले र सदस्य दिल कुमार केरुङ सोमबार क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा पुगेका थिए । कार्यक्रममा सहभागी हुन आएका ती कलाकारहरुसहित स्थानीय नेपाली कलाकार र आयोजक टोलीसहित ३२ जना अध्यागमन उल्लंघन गरेको आरोपमा क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*