रेशम चौधरीलाई भेट्न डा.सिके राउत पुगे वीर अस्पताल

तामसालिङ खबर
१० असार २०७६, मंगलवार ०५:५२

काठमाण्डौ – जनमत पार्टीका संयोजक डा. सीके राउतले सांसद रेशम चौधरीसँग भेट गरेका छन् । विगत पाँच दिनदेखि वीर अस्पतालमा ढाडको उपचार गराइरहेका चौधरीलाई भेटी राउतले उनको स्वास्थ्यबारे बुझेका थिए । साताव्यापी विदेश भ्रमणबाट नेपाल फर्किएका उनी विमानस्थलबाट सिधै रेशमलाई भेट्न अस्पताल पुगेका थिए ।

रेशम चौधरीको रिहाईका लागि आफूले के गर्नसक्ने भन्ने आश्वाशन दिएको सीके राउतले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्। रेशमसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको थियो । राउतले रेशमलाई आशा मार्न नहुने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*